प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बस्ने भएको छ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथअघि सर्वदलीय बैठक बस्ने भएको हो । बैठक मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने तय भएको छ ।
सांसदहरुको शपथग्रहण प्रक्रिया लगायत बैठक बस्नुपूर्व तयारीका सम्बन्धमा बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ । संसदको नियमित बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने गरेपनि भोलिको बैठक त्यो रुपमा नहुने बताइएको छ । भोलीको बैठक पुर्णरुपमा शपथको बैठक सञ्चालनको बारेमा मात्र केन्द्रित हुने सचिवालयको भनाई छ ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् ।
Discussion about this post