वीरगन्ज । अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् ।
बिहीबार सुख्खा बन्दरगाह वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा डा. महतले यस्तो बताएका हुन् ।
‘भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनुभयो, सबै इमान्दार बनियो भने हामी सजिलै लक्ष्यमा पुग्न सक्छौं’ उनले भने ।
आयात भएन, माग आएन भने भन्सार शुल्क नउठ्नु स्वाभाविक भएको भन्दै महतले त्यसमा राजश्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताए ।
मन्त्री डा. महतले भने, ‘म काम गर्न आएको हो, फाइदा उठाउन होइन । फाइदा मलाई सरकारले दिएको छ भन्ने कुरो मनन गर्नुभयो भने राजश्वले लक्ष्य भेट्ने छ ।
उने भने, ‘हाम्रो आय स्रोतको ८० प्रतिशतभन्दा बढी राजश्वबाट प्राप्त हुन्छ । यो ८० प्रतिशतभन्दा बढी राजश्व हामीले भन्सार आन्तरिक राजश्वबाट उठाउनुपर्छ । यो राजश्वबाट झन्डै आधा अर्थात् ४८ प्रतिशत भन्सारबाट उठाउनुपर्छ । भन्सार योगदानको ४० प्रतिशत सुख्खा बन्दरगाह भन्सार र बीरगन्ज भन्सार कार्यालयबाट प्राप्त हुन्छ । यस हिसाबले कर्मचारीको जिम्मेवारी कति गहन छ भन्ने बुझ्नुपर्छ ।’
Discussion about this post