काठमाडौँ । प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् ।
संवैधानिक परिषद्को बिहीबारको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई वरिष्ठताका आधारमा प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो ।
परिषद्बाट सिफारिस भएका श्रेष्ठको संसदीय सुनुवाइ भई अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।
वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल साउन २० गते सकिँदै छ ।
Discussion about this post