झापा । राधा माधव सेवा समिति बिर्तामोडको अध्यक्षमा भूविक्रम बस्नेत चयन भएका छन् ।
संस्थाको प्रथम साधारण सभाबाट बस्नेत अध्यक्षमा चयन भएका हुन् । राधा माधव सेवा समितिका जग्गादाता समेत रहेका बस्नेत सामाजिक क्षेत्रमा क्रियाशिल ब्यक्ति हुन् ।
समितिको उपाध्यक्षमा बिर्तामोड निवासी दुर्गादेवी ढकाल, सचिवमा कमला खरेल कार्की, कोषध्यक्ष विष्णुमाया खरेल पाण्डे र सह–सचिवमा शिवकुमार प्रसाई चयन भएका छन् ।
समितिको सदस्यमा टीकाराम ओझा, रामप्रसाद न्यौपाने, गिता कार्की, विमला बस्नेत र झुमा बस्नेत रहेका छन् । समितिको संरक्षकको रुपमा बिनु गिरी चयन भएकी छन् भने विद्धत समाजको संयोजकमा रामप्रसाद दुलाल चयन भएका छन् । दुलालको संयोजकत्वमा २१ सदस्य समिति रहने छ । सदस्यमा विष्णु तिक्सिना, मदन पाण्डे, डम्बर बिकली, गिता प्रसाई लगायत छन् ।
सुनिल क्षेत्री संयोजक रहेको डीवाईसी समेत गठन भएको छ । गठित समितिका पदाधिकारी पछि थप हुने बताइएको छ ।
राधा माधव सेवा समिति बिर्तामोड जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेर धार्मिक आध्यात्मिक तथा समाजिक कार्य गर्दै आएको बताइएको छ ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्यसमिति सदस्य तथा पूर्वाञ्चल दैनिकका सह–सम्पादक सुरेन्द्र भण्डारीको प्रमुख आतिथ्यमा भएको साधारण सभामा संस्थाका निर्वतमान अध्यक्ष रामप्रसाद दुलालले संस्थाको गतिविधिका विषयमा प्रकाश पारेका थिए । उनले संस्थाले आर्थिक वर्ष २०८०/८१ मा राधा माधव सेवा समितिको नाममा जग्गा प्राप्त गर्ने र संस्थालाई आवश्यक पर्ने जग्गादाता भूविक्रम बस्नेत र बिमला बस्नेतले प्रदान गरेकाले संस्थाका नाममा ल्याइने बताए ।
त्यस्तै सोही जमिनमा सत्सङ भवन निर्माण थालिने बताए । संस्थालाई फर्निचर लगायत साधनाका अन्य सामानको समेत आवश्यक परेकाले सोको ब्यवस्थापन गरेर जति सक्दो चाँडो सत्सङ भवन निर्माण गर्ने बताए । उनले जगत गुरु स्वमी हरिदास महाराजको प्रेरणाले महाराजका भक्तबाटै सहयोग संलकन गर्दै भनव निर्माण गरिने बताए ।
उनले सबै महाराजका भक्तलाई सहयोगको अपिल समेत गरे । संस्थाका उपाध्यक्ष बिमला बस्नेतले स्वागत र कोषध्यक्ष विष्णुमाया खरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा टीकाराम ओझा, मुकुन्दकुमारी ढकालले जगत गुरु कृपालुजी महाराजका बारेमा धारणा राखेका थिए ।
राधा माधव सेवा समितिको सत्सङ भवन निर्माणमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रमका प्रमुख अतिथि भण्डारीले नगद पाँच हजार रुपैंया सहयोगको घोषणा गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव दुर्गादेवी ढकालले गरेकी थिइन् ।
Discussion about this post