अनुषा चुडाल
झापा । झापाबाट प्रकाशित हुने पत्रिकामा कार्यरत पत्रकारहरु संगठित भएका छन् । झापामा २४ वटा साप्ताहिक पत्रिका नियमित प्रकाशित हुँदै आएका छन् ।
झापा जिल्लाभर प्रकाशनमा रहेका साप्ताहिक पत्रिकामा आबद्ध पत्रकारहरूको शनिवार सम्पन्न भेलाले राजु पाठकको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा रामप्रसाद निरौला, सचिवमा झुलन रेग्मी र कोषाध्यक्षमा अनुषा चुडाल छन् ।
सदस्यमा दिपक अधिकारी, विष्णु पौडेल, डम्बर बराल, सेलिङ केसी, लीला राई, तीर्थ तिम्सिना, इशा प्रधान चयन भएका छन् ।
भेलाले साप्ताहिक पत्रिकालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै, साप्ताहिक पत्रिकालाई सञ्चालन गर्न विधान मस्यौदा समिति बनाई काम अगाडि बढाउने निर्णय भएको छ ।
नवनिर्वाचित अध्यक्ष पाठक संयोजक रहेको मस्यौदा समितिको सदस्यमा राजबाबु शंकर, रेजिना गौतम, इन्दु पूर्वेली र लेखनाथ शिवाकोटी छन् ।
Discussion about this post