इटहरी । इटहरी उपमहानगरपालिका २० तरहरामा डिभाइडरमा ठोक्किएर बस दुर्घटना भएको छ । धरानबाट काँकडभिट्टा जाँदै गरेको मे १ ख २७४० नम्बरको ग्यालेक्सी यातायातको बस मंगलबार तरहराको होम्स नजिकै डिभाइडरमा ठोक्किएर पल्टिएको हो ।
ट्राफिक प्रहरीकाहवल्दार तीर्थ पराजुलीका अनुसार दुर्घटनामा १३ जनाभन्दा बढी घाइते भएका छन् । दुईजना गम्भीर घाइते भएको उनले बताए ।
घाइतेहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
‘बस तीव्र गतिमा रहेको र पानी परेका कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
Discussion about this post