इटहरी । एक्सपर्ट एजुकेसन भिजा सर्भिसको २०औँ वार्षिकोत्सव अवसरमा इटहरीमा रक्तदान कार्यक्रम आयोजना गरियो । कार्यक्रममा विभिन्न दाताहरुबाट ७५ पिन्ट रगत संकलन गरिएको थियो ।
इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि आयोजित कार्यक्रम उपमहानगरपालिका वडा ९ का वडा अध्यक्ष्य जितेन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रमको विशिष्ट अतिथिका रुपमा लाइन्स इन्टरन्यासनल ३२५सी का प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर लायन विकास अधिकारीको सहभागिता थियो ।
यसैगरी कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी इटहरीका अध्यक्ष दिनेश भट्टराईको विशिष्ट अतिथिका रुपमा सहभागिता थियो ।
‘लाइन्स इन्टरनेसन्ल ३२५ सी’ का एरिया प्रमुख लोकेन्द्र दाहाललगायतको पनि सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता इटहरी शाखाका प्रबन्ध निर्देशक कमल तिम्सिनाले गरेका थिए । इटहरीमा रहेर उत्कृष्ट काम गर्दै आएको एक्सपर्ट एजुकेसन भिजा सर्भिस वार्षिकोत्सवको अवसरमा देशभरी रहेका शाखाहरुले विविध कार्यक्रम गरेर मनाएका छ्न्।
Discussion about this post