विराटनगर । प्रदेश सरकारले बुधवार सार्वजनिक बिदा दिने भएको छ ।
विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिने भएको हो ।
अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै प्रदेशका आदिवासीको भावनालाई सम्बोधन गरेर बिदा दिएको बताइएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरेरै बिदा दिने भएको हो ।
बुधवार अन्तर्राष्ट्रिय आदिवासी जनजाति तथा भू संरक्षण दिवस हो ।
Discussion about this post