इटहरी । नेपाली कांग्रेसको विशेष आन्तरिक अभियान अन्तर्गत सुनसरी आएका नेपाली कांग्रेस केन्द्रीय सदस्य आङेलु शेर्पाले पार्टीमा गरेको त्यागको मूल्यांकन गर्ने बताएका छन् ।
काङ्ग्रेस अब सबै जनतासँग जोडिनु पर्ने कुरामा जोड दिंदै उनले अब पर्टीमा त्यागको मूल्यांकन हुनेमा जोड दिएका हुन् ।
पार्टी केन्द्रीय समितिको बैठकबाट कृषि क्षेत्रको विकासका लागि विभिन्न अवधारणाहरु ल्याएको उनको दाबी छ ।
उनले हचुवाका तालमा कांगेस केन्द्रीय समितिले विभागहरु गठन गरेको आरोप पनि लगाए ।
कुनै मापदण्डबिना विभागका सदस्यहरु गठन गर्दा आम कार्यकर्तामा पार्टीप्रति वितृष्णा उत्पन्न भएको उनले बताए ।
कार्यक्रममा पूर्व सांसद सीताराम मेहताले कांग्रेस विधि र विधान अनुसार चल्नु पर्ने कुरामा जोड दिए ।
Discussion about this post