काठमाडौं । नेपाल विद्यार्थी संघको असन्तुष्ट समूहले आज कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराउ गर्ने भएको छ ।
नेविसंघको हालै मनोनित केन्द्रीय सदस्यहरुमा सक्रिय कार्यकर्ता नपरेपछि असन्तुष्ट समूहले हिजो सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय घेराउ गरेको थियो ।
उनीहरुलाई कार्यालय प्रवेश गर्न नदिइएपछि आज पार्टी सभापति देउवाको निवास घेराउ गर्न लागेका हुन् ।
नेविसंघ असन्तुष्ट समूहका नेता योगेन्द्र रावलले भने, ‘पार्टी कार्यालयमा प्रवेश नै गर्न नदिएपछि त अब कुनै न कुनै नेताको घरमा गएर कमिटी बनाउनुपर्ने हुन्छ, बिहिबार शेरबहादुर दाइको घर घेर्न जान्छौं ।’
उनका अनुसार धुम्बाराहीस्थित देउवा निवासमा घेराउ गरी नेविसंघ केन्द्रिय समिति सदस्य मनोनयनमा पुनर्विचार गर्न दबाब दिइनेछ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले ७ सय १० जनालाई केन्द्रिय समितिमा मनोनयन गरेका थिए ।
Discussion about this post