काठमाडौं । करिब सय किलो सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले चिनियाँ नागरिक ली जियालिन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरेको हो ।
चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको अध्यागमन स्रोतले जनाएको छ ।
उनीहरुलाई थप अनुसन्धानका लागि अध्यागमन कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मा लगाएको छ ।
योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।
Discussion about this post