इटहरी । प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स लिमिटेडले एकीकृत कारोबार गरेको पहिलो महिनामा जीवन बिमा मध्यस्थकर्ताको अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।
लिमिटेडका शाखा तथा उपशाखा कार्यलय मार्फत अभिमुखिकरण तालिम सम्पन्न गरिएको हो ।
साउन २६ गते कोशी प्रदेशअन्तर्गत उपक्षेत्रीय कार्यालय इटहरीले बृहत् रुपमा अभिकर्ता अभिमुखिकरण तालिम सम्पन्न गरेको छ।
जोनल हेड टीकादत्त प्याकुरेलको आतिथ्यमा सम्पन्न कार्यक्रममा एकीकृत कारोबारपछि कम्पनीले प्रचलन्मा ल्याएको बिमा योजना, एजेन्सी सिस्टम, एजेन्सी इन्सेन्टिभ वर्ग संरचनाका बारेमा उपक्षेत्रीय प्रमुख जगतनाथ फुयलले जानकारी दिएका थिए ।
कार्यक्रममा सबिकका दुबै कम्पनीका अभिकर्ताको उल्लेख्य उपस्थिति थियो । उक्त कार्यक्रम गत आर्थिक वर्षमा काम गरी लक्ष्य पूरा गर्ने अभिकर्तालाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमको सञ्चालन सिताराम ढुङ्गेलले गरेका थिए भने अभिकर्तालाई उपक्षेत्रीय प्रमुख जगतनाथ फुयलले प्रशिक्षण दिएका थिए ।
Discussion about this post