काठमाडौं । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेस सांसद सुनील शर्माले आफूमाथि प्रहरीबाट हातपात भएको बताएका छन् ।
शर्मालाई बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई पक्राउ गरेको थियो ।
शुक्रबार म्याद थपका अदालत लगिएको थियो । अदालतबाट बाहिरिने क्रममा सांसद शर्माले आफूमाथि प्रहरीले हातपात गरेको जानकारी बताएका हुन् ।
आफूमाथि प्रहरीले दुईपटक हातपात गरेको भन्दै उनले भने, ‘हातपात गर्न मिल्ने हो ?’
शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट कांग्रेसका तर्फबाट सांसाद निर्वाचित भएका हुन् ।
यसैबीच, मोरङ क्षेत्र नम्बर ३ को कांग्रेस क्षेत्रीय समितिले विज्ञप्ति जारी गर्दै शर्माको पक्राउको विरोध गरेको छ ।
समितिले उनलाई तत्काल रिहा गर्न माग पनि गरेको छ ।
यसैगरी समितिले भोलि शनिबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी शर्मा पक्राउबारे आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ ।
Discussion about this post