विराटनगर । जनता समाजवादी पार्टी (जसपा) की प्रदेशसभा सदस्य निर्मला लिम्बू कोसी प्रदेशको स्वास्थ्य मन्त्री नियुक्त भएकी छन् ।
मुख्यमन्त्री उद्धव थापाले उनलाई शुक्रबार मन्त्री नियुक्त गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएकी लिएकी हुन् ।
९३ सदस्यीय प्रदेशसभामा लिम्बू जसपाकी एकमात्र सांसद हुन् । यसअघि उनी हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्य मन्त्री थिइन् ।
लिम्बू मन्त्री बनेपछि कोशी प्रदेश सरकार पाँच सदस्यीय भएको छ । यसअघि पूर्वसभामुख एवं माओवादी सांसद बाबुराम गौतमले आर्थिक मामिला तथा योजना, कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिँचाई तथा उर्जा र एकीकृत समाजवादीका कमलप्रसाद जबेगूले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् ।
Discussion about this post