विराटनगर । पत्रकार दिलीप मगर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजद्वारा प्रदान गरिने फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८० बाट सम्मानित भएका छन् ।
शनिबार विराटनगरमा आयोजित फोनिज स्थापना दिवसको कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पत्रकार थापा मगरलाई पुरस्कार हस्तान्तरण गरे ।
त्यही अवसरमा फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८० काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ लाई प्रदान गरिएको छ ।
त्यसैगरी ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ स्व किसन राईलाई मरणोपरान्त प्रदान गरिएको छ ।
सोही पुरस्कारबाट देव पचभैया पाल्पा, जीवन लामा दोलखा र उन्नति चौधरी कैलालीलाई पुरस्कृत गरिएको छ ।
Discussion about this post