झापा । सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित चारजना पक्राउ परेका छन् । उनीहरुलाई डिभिजन वन कार्यालय इलामले पक्रउ गरेको हो ।
पक्राउ पर्नेमा वन समितिका अध्यक्ष हेमबहादुर थापा, लेखा शाखाका इन्द्र प्रसाईँ, कार्यालय सचिव केदार भट्टराई र सवारी चालक पदम तामाङ छन् । उनीहरुलाई काँचा रुख कटान गरी गैर उपभोक्तालाई बिक्री गरेको आरोप लागेको छ ।
डिभिजन वन कार्यालय इलामले कोष हिनामिना र रुख कटान गरेको आरोपमा चार जनालाई पक्राउ गरेको हो । उनीहरू विरुद्ध कोष हिनामिना र वनमा हानी नोक्सानी पुर्याएको आरोपमा वनले मुद्दा अघि बढाएको छ ।
वन कार्यालयले १ महिनाको वन रिसर्चमा १७ वटा रुख कटान गरेको प्रमाण फेला परेको डिभिजन वन कार्यालय इलामका प्रमुख दानबहादुर श्रेष्ठले बताए ।
सामुदायिक बन क्षेत्र भित्र ब्लक नं. २ मा ७ थान सखुवा र १ थान चाँपको रुख कटान गरिएको बताइएको छ ।
Discussion about this post