काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पाकिस्तानमा जस्तै प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् ।
लुइँटेल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले सरकारको विरोधमा बोल्नेहरुलाई अनेक बहानामा दु:ख दिएको बताएका हुन् ।
उनले सुन तस्करी काण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै आधारमा सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको मुद्दामा पक्राउ गरेको आरोप लगाए ।
‘कोही बोल्यो भने कुनै नामको एउटा मुद्दा, युवा हुँदा पढेको मुद्दा बुढो हुँदा निकालेर । युवा हुँदा पढेको आईएस्सीको सर्टिफिकेट मामिला निकालेर, त्यो छानबिन गरेर हुन्थ्यो नि पहिले हत्कडी लगाए’, ओलीले भने ।
एउटा मान्छे गिरफ्तार हुनु सामान्य देखिए पनि सरकारले पाकिस्तानमा जस्तो प्रतिशोधको राजनीति सुरु गरेको ओलीले बताए ।
‘मैले प्रधानमन्त्रीलाई भनें यो पाकिस्तानी राजनीति, प्रतिशोधको राजनीति, उहाँले सुरु गर्नुभएको छ । उहाँलाई आज मजा लागेको छ । तर यो राजनीति यहाँ अन्त्य हुँदैन, उहाँहरुले बुझ्नुपर्छ यो त सुरु मात्र भयो’ ओलीले भने, ‘धेरै नहौसिन, अधिनायकवादी नहुन म सरकारलाई सम्झाउन चाहन्छु । सरकार अधिनायकवादी भएर चल्ने होइन ।’
Discussion about this post