काठमाडौं । नेकपा माओवादी केन्द्रले सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । उनको स्थानमा सीके राउत नेतृत्वको जनमत पार्टीकी अनीतादेवी साह सामान्य प्रशासनमन्त्री बन्ने भएकी छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।
गत असारमा सत्तारुढ गठबन्धन दलबीच प्रधानमन्त्रीकै दलको कोटामा जनमत पार्टीलाई सरकारमा सहभागी गराउने सहमति भएको थियो । जनमत पार्टी यसअघि पनि दाहाल नेतृत्वको संघीय सरकारमा सहभागी भएको थियो ।
जनमत पार्टीबाट खानेपानीमन्त्री भएका अब्दुल खानले आफूहरुले दाबी गरेको मन्त्रालय नपाएको भन्दै गत चैत १७ गते राजीनामा दिएका थिए । त्यसबेला जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दाबी गरेको थियो ।
Discussion about this post