विराटनगर । कोशी प्रदेशसभाको बैठक भदौ १ गते दिउँसो बस्ने भएको छ । असार १५ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत फेल भएपछि स्थगित भएको बैठक भदौ १ गतेका लागि बोलाइएको हो ।
प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएका छन् ।
यसअधि कोशी प्रदेशसभा नियमित सञ्चालन हुन नसक्दा संसद् सचिवालयमा दर्ता भएका दुईवटा प्रतिस्थापन विधेयक निष्क्रिय बनेका छन् ।
कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका अनुसार प्रदेश निजामती सेवा ऐन (पहिलो संशोधन) अध्यादेश, २०८० र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक निष्क्रिय बनेको हो ।
प्रदेशसभा पुनः नियमित सञ्चालन हुन नसके संसद्मा दर्ता भएको बजेटसम्बन्धी अध्यादेश निष्क्रिय हुने सम्भावना छ । उक्त अध्यादेश संसद्मा गत असार १४ गते पेश भएको थियो ।
संविधानअनुसार संसद्मा पेश भएको ६० दिनभित्र अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याउनुपर्ने व्यवस्था छ । सरकारले भने प्रतिस्थापन विधेयक ल्याउने तयारी गरिरहेको जनाएको छ ।
Discussion about this post