विराटनगर । विराटनगरको मुख्य बजारमा तरबार प्रहारले एक युवक सिकिस्त घाइते भएका छन् । विराटनगर–८ का २२ वर्षीय महमद हलिममाथि तरबार प्रहार भएको हो ।
विराटनगर–१० सन्सारीमाईस्थानमा उनीमाथि दिउँसो पौते ३ बजेतिर आक्रमण भएको प्रहरीले जनाएको छ । दुवै हातमा गहिरो चोट लागेका उनको न्यूरो अस्पतालमा प्राथमिक उपचारपछि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीका अनुसार विराटनगर–८ का ३० वर्षीय समीर हुसेनसहित तीन जनाले तरबारले आक्रमण गरेका थिए । घटनामा संलग्नहरु फरार रहेका कारण खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक एवं सहायक सूचना अधिकारी पपु नायकले बताए ।
Discussion about this post