विराटनगर । मोरङको बेलबारीमा करेन्ट लागेर मंगलबार दिउँसो एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अुनसार आफ्नै घरमा करेन्ट लाग्दा बेलबारी नगरपालिका–५ मोतीहारीका २५ वर्षीय प्रेम माझीको मृत्यु भएको हो ।
घरमा पंखा चलाउने क्रममा विद्युत सर्ट भएर माझीलाई करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बिहान ११ः३० बजेतिर करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । चिकित्सकले १२ः५० बजेतिर मृत घोषित गरेका हुन् ।
शवलाई पोस्टमार्टमका लागि कोसी अस्पतालमै राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
Discussion about this post