काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम श्रमिकहरुको मासिक तलब १७ हजार तीन सय कायम भएको जानकारी दिएको हो ।
वृद्धि गरिएको पारिश्रमिकमा चिया बगान बाहेकका श्रमिकको मासिक आधारभूत १० हजार ८२० र महँगी भत्ता ६ हजार ४८० गरी १७ हजार ३०० पुर्याइएको हो ।
पारिश्रमिक वृद्धिको सूचना बिहीबार राजपत्रमा प्रकाशित गरिएको छ ।
Discussion about this post