काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भेट गरेका छन् । लामो समयदेखि अवरोध हुँदै आएको सदन खुलाउने विषयमा उनले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।
सभामुखको सचिवालयले सदन खुलाउने विषयमा प्रधानमन्त्री र सभामुखको भेट भएको जनाएको छ ।
भेटमा सभामुखले भने, सदन नचल्नु राम्रो भएन । माननीयहरूले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा माननीयहरूले बोल्न पाइनँ भन्नुहुन्छ । दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन । आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन् । कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् ।’
समितिको नेतृत्व चयन हुन नसकेको समेत जानकारी गराउँदै संसदमा कानुन निर्माण भएनन् भन्ने गुनासो आएकाले तत्काल वातावरण बनाउनु पर्ने खाँचो रहेको सभामुखले बताएका थिए ।
प्रधानमन्त्रीले आफूले पनि सदन खुलाउन भूमिका खेल्ने बताएका थिए । ‘तपाईँ पनि लाग्नुहोस्, छिट्टै सहमति गर्नपर्छ, म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु’ प्रधानमन्त्रीले भने ।
Discussion about this post