विराटनगर । नेकपा (एमाले) को भातृ संगठन युवा संघका बेलबारी नगर कमिटी अध्यक्ष ३४ वर्षीय काशीराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका–१० घर भएका उनलाई बलात्कार आरोपमा प्रहरीले साउन ३२ गते पक्राउ गरेको हो ।
आफूलाई असार २ गते बलात्कार गरेको भनेर २० वर्षीया युवतीले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार तामाङविरुद्ध साउन २४ गते किटानी जाहेरी परेको थियो । तामाङ रेस्टुरेन्ट व्यवसायी पनि हुन् ।
उनले पोललाइट रेस्टुरेन्टमा आफूलाई बलात्कार गरेको युवतीले बताएकी छन् । तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए ।
Discussion about this post