धरान । धरान उपमहानगरपालिकामा महामारीको रुपमा फैलिएको डेंगु संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । डेंगुबाट ज्यान गुमाउनेको संख्या धरानमा १२ पुगेको छ ।
धरान–१५ का ८४ वर्षीय वृद्धको डेंगु संक्रमणबाट मृत्यु भएको भएको हो । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आइतबार राती ती वृद्धको मृत्यु भएको हो ।
उनका अनुसार मुटुरोग पीडित उनलाई डेंगु संक्रमण भएपछि अस्पताल लगिएको थियो ।
धरानमा हालसम्म १२ जनाले डेंगु संक्रमणबाट ज्यान गुमाइसकेका छन् । पछिल्लो तथ्याङ्क अनुसार धरानमा १७ हजार ६३५ जनाको परिक्षण गर्दा १२ हजार ७८१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
Discussion about this post