विराटनगर । नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रदेशलाई मध्यावधि निर्वाचनमा जान दिन नहुने बताएका छन् । यसका लागि सबै राजनीतिक दल गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मतको प्रस्ताव राखिसकेपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राईले प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट टार्नु पर्ने बताए ।
राईले मुख्यमन्त्री थापालाई आफ्नो दलका तर्फबाट विश्वासको मत दिने बताए । उद्धव थापा लाई मुख्यमन्त्रीका रुपमा अघि सार्नेमा आफूहरु पनि भएको उल्लेख गर्दै उनलाई विश्वासको मत दिने बताए ।
Discussion about this post