इलाम । नातिनीलाई गर्भाधारण गराएको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाम नगरपालिका २ का ती वृद्धलाई जिल्ला प्रहरी कार्यालय इलामको टोलीले पक्राउ गरेको हो ।
१४ वर्षीया नातिनीलाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रकाश जवेगुले बताए ।
६५ वर्षीय हजुरबुबाले आफ्नै छोराकी छोरीलाई एक वर्षयता पटक पटक करणी गर्दै आएको बताइएको छ ।
नातिनीको पेटमा चार महिनाको गर्भ रहेको जनाइएको छ । पक्राउ गरिएका ती व्यक्तिलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
एक वर्षयता बालिकालाई पटक–पटक करणी गरेको र गर्भ समेत रहेको पीडितको स्वास्थ्य जाँचबाट थाहा भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी जबेगुको भनाई छ ।
विद्यालयमा अध्ययनरत छात्रालाई अस्वाभाविक देखेपछि शिक्षक शिक्षिकाले सोधखोज गरेका थिए । बालिकाले आफ्नै हजुरबुकाले आफुमाथि यस्तो घृणित कार्य गरेको बताएपछि हजुरबुबालाई पक्राउ गरिएको हो ।
आरोपित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
Discussion about this post