काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले मङ्गलवार खातीलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गरेका हुन् ।
अधिवक्ता खाती पूर्वमहान्यायधीवक्ता समेत हुन् । खाती यसअघि कांग्रेस निर्वाचन समितिको सदस्य भएर काम गरेका थिए ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेपाल बार एशोसिएशनको अध्यक्ष बनेसँगै खाली रहेको संयोजक पदमा खातीलाई नियुक्त गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
Discussion about this post