भारतको महत्त्वाकांक्षी परियोजना चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ।
चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले एलबीएम ३ एम ४ वाहनले चन्द्रयान–३ लाई एकसातअघि पृथ्वीको कक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको थियो।
इसरोको प्रक्षेपणमुताबिक नै उक्त यान अगस्ट २३ को दिन चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको हो।
यससँगै भारत चन्द्रमामा पुग्ने विश्वमै चौथो राष्ट्र बनेको छ।
यसअघि अमेरिका, रुस र चीनले चन्द्रमामा सफलतापूर्वक आफ्ना यान अवतरण गराइसकेका छन्।
Discussion about this post