विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङको नयाँ कार्य समिति गठन भएको छ ।
गोपाल कटुवालको अध्यक्षतामा २८ सदस्यीय कार्य समिति गठन भएको हो । विराटनगरमा बिहीबार पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सल्लाहकार र पूर्व केन्द्रीय सदस्यहरुको उपस्थितिमा बसेको बैठकले नयाँ समिति चयन गरेको हो ।
अध्यक्ष बाहेक अन्य पदाधिकारी अर्को बैठकले चयन गर्ने मोरङ अध्यक्ष कटुवालले बताए । बैठकले गौ हत्याको विरोध गरेको जनाएको छ ।
Discussion about this post