धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञाका कारण धरानको जनजीवन प्रभावित बनेको छ।
धरानमा ठूला सवारी चलेका छैनन् । तीन पाङ्ग्रे सवारी छिटफुट चलेका छन् । बजारका पसल समेत प्रायः बन्द छन् ।
धरानमा आज हिन्दुवादीहरूले गर्ने भनिएको शान्ति र्याली र पहिचानवादी समुहको विरोधका कारण हुन सक्ने सम्भावित झडपको अवस्थालाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
धरानमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आउजाउ गर्नेहरुमाथि प्रहरीले निगरानी गरिरहेको छ ।
Discussion about this post