इलाम । नेपालमा साइबर कानुन तथा अदालती अभ्यास बिषयमा एक दिवसीय प्रशिक्षण इलाम सदरमुकाममा सम्पन्न भएको छ । उच्च अदालत बार एशोसिएसन इलामको आयोजना तथा सूर्योदय नगरपालिकाको सहयोगमा भएको प्रशिक्षणमा करिब ६० जनाको सहभागिता थियो ।
जिल्लास्थित कानुन ब्यवसायी, प्रहरी, सरकारी वकिल तथा बिभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुको सहभागिता थियो ।
अधिवक्ता बाबुराम अर्यालले सहजीकरण गरेको प्रशिक्षणमा ब्यक्तिगत हितमा असर पार्ने साइबर अपराधले समाज बिगार्ने काम भएको भन्दै त्यसलाई निरुत्साहित पार्न सबै जिम्मेवार भएर लाग्नु पर्ने बताए छ ।
बिद्युतीय साइबर अपराध सम्वन्धी घटना र उजुरी बढ्दै गएपछि सम्वन्धित पक्षलाई यसबारे जानकारी गराइएको उच्च अदालत बार एशोसिएसन इलामका कोषाध्यक्ष प्रदिप अधिकारीले जानकारी दिए ।
उच्च अदालत बार एशोसिएसन इलामका अध्यक्ष उत्तम पौडेलको अध्यक्षता तथा जिल्ला न्यायाधीश दिपककुमार दाहालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
आपराधिक समूह तथा ब्यक्तिले कुनै पनि प्रलोभनमा पारी ब्यक्तिको चरित्र हत्या गर्ने तथा सम्पत्ति हडप्ने जस्ता कार्य बढ्दै गएको छ । कानुन कार्यान्वयन गर्नलाई समेत सहज होस भनेर यो कार्यक्रम गरिएको बार एशोसिएसन इलामका अध्यक्ष पौडेलले बताए । प्रशिक्षणपछि कानुन ब्यवसायीलाई समेत कार्य सम्पादनमा सहज हुने विश्वास लिइएको छ ।
Discussion about this post