काठमाडौं । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले गृह मन्त्रालयका सचिव दिनेश भट्टराईसँग भेटवार्ता गरेका छन् ।
त्यस क्रममा डा. केसीले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण सम्पन्न गरी सहजै नागरिकता लिन सकिने व्यवस्था मिलाउन आग्रह गरे ।
डा केसीले भने, ‘नियमावलीमा समेटिने प्रावधानले भविष्यमा कुनै पनि अप्ठ्यारो नहोस् र सजिलै नागरिकता प्राप्तीको बाटो खुलोस् भन्ने हाम्रो अपेक्षा हो ।’
सचिव भट्टराईले आफूहरुले सकेसम्म सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
हाल नियमावली निर्माणको अन्तिम चरणमा रहेकोले गैरआवासीय नेपाली संघबाट प्राप्त सुझावहरुलाई पनि समेटेर यथाशक्य छिट्टै नियमावली ल्याउने तयारीमा रहेको उनको भनाई थियो ।
भेटमा यूरोप क्षेत्रीय संयोजक सन्तोष भट्टराईको पनि उपस्थिति थियो ।
Discussion about this post