विराटनगर । मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत चिकित्सक एकजना चिकित्सक बेपत्ता भएका छन् ।
सुनसरीको बराहक्षेत्र र उदयपुर बीचको कोशी पुलमा कार छाडेर उनी सोमबार बिहानदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिनन्द चौधरीका अनुसार १–०२–००२ च ४१६६ नम्बरको सवारी साधन कोशी पुलमा छाडेर डा. प्रज्ज्वल कोइराला बेपत्ता भएका हुन् ।
स्थानीय बासिन्दाले बिहान कोशी पुलमा बेवारिस अवस्थामा कार देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि खोजी गर्दा उक्त कार डा. कोइरालाको भएको पत्ता लागेको थियो । उनीबारे भने केही जानकारी नभएपछि खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post