बिर्तामोड । डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमकले बिर्तामोडमा इकाई साधारण सभा सम्पन्न गरेको छ ।
बिर्तामोड नगरपालिका – ४ का वडा सदस्य उमेश राउतको प्रमुख आतिथ्य तथा सहकारीका अध्यक्ष तुलारम न्यौपानेको सभापतित्वमा सहकारीले १६ औं इकास सभा सम्पन्न गरेको हो ।
सहकारीका अध्यक्ष न्यौपानेले इकाई सभामा आर्थिक वर्ष २०७९÷०८०मा भएका सहकारीको गतिविधिका विषयमा प्रकाश पारेका थिए । उनले सहकारीले आर्थिक वर्ष २०७९÷०८० मा एक करोड ५३ लाख ४१ ह्जार ३ सय ५८ रुपैयाँ नाफा गरेको बताएका थिए ।
सहकारीको जगेडा कोषमा ३८ लाख ३५ हजार ३ सय ४० रुपैयाँ रहेको र संरक्षित पूँजी फिर्ता कोषमा २५ प्रतिशत, सहकारी प्रर्वधन कोषमा ०।५ प्रतिशत, रकम रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सहकारीको शेयर लाभान्स कोश ६५ प्तिशत, कर्मचारी बोनसा कोष ५ प्रतिशत, सहकारी शिक्षा कोष ५ प्रतिशत, घाटा पूर्ति कोष ५ प्रतिशत, सहकारी विकास कोष, ५ प्रतिशत, स्थिरकरण कोष ५ प्रतिशत, सामुदाकिय विकास कोषमा ५ प्रतिशत, अन्य जोखिम व्यवस्थापन कोषमा ५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीको इकाई सभामा कोषाध्यक्ष निर्मल गजुरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीको हाल ६ वटा इकाई केन्द्र रहेको जनाउँदै बिर्तामोड सेवा केन्द्र अन्तरगतका शेयर सदस्यकाबीच संस्थाको गतिविधि सार्वजनिक गरिएको थियो । इकाई सभामा आगामी भदाौ १८ गते हुने सहकारीको वार्षिक सधारण सभामा ज्येष्ठ सदस्य भोला शंकर बराल, लाई सम्मान गरिने बताइएको छ ।
त्यस्तै पत्रकार तर्फ नगद ५ हजार १ सय रुपैयाँ सहित पूर्व सन्देश दैनिकका अतिथि सम्पादक पंकज दाहाल, कर्मचारी तर्फ दीपक भण्डारीलाई सम्मान गरिने बताइएको छ । त्यस्तै कर्मचारी सुदिप खतिवडालाई सहकारीले विदाई गर्ने बताइएको छ । ख्तिवडाले स्वेच्छिक अवकास लिएकाले उनको बिदाई गरिने कार्यक्रममा जानकारी दिइयो ।
त्यस्तै सहकारीले शैक्षिक अभिभावकत्व ग्रहणका लागि उत्सव तिम्सिनालाई छनौट गरेको हो ।
सहकारीका उपाध्यक्ष सन्तोष कुमार श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव लीलानाथ बरालले गरेका थिए ।
Discussion about this post