काठमाडाै । नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज बहराइनसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार बिहान सवा ११ मा मलेसियामा शुरु हुनेछ ।
पहिलो खेलमा नेपालले हिजो घरेलु टोलीलाई ५ रनले हराएको थियो ।
पहिलो खेलमा बहराइनले कतारलाई हराएको थियो ।
तेस्रो खेलमा नेपालले पर्सि १७ गते भुटानसँग, चौथो खेलमा १८ गते कतारसँग र समूह चरणको अन्तिम खेलमा १९ गते यूएईसँग खेल्नेछ ।
प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् ।
प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।
Discussion about this post