काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले चीन सरकारले प्रकाशन गरेको नक्सामा नेपालको नयाँ नक्सा समावेश नगरिनु चीनको त्रुटिपूर्ण व्यवहार भएको बताएका छन् ।
उनले यसलाई सच्याउन नेपाल सरकारले कुटनैतिक नोट पठाउनु पर्ने बताएका छन् । नेपाली कांग्रेसका भातृ संस्था नेपाल महिला संघ, तरुण दल र ने. वि.संघका नेताहरूसँग काठमाडौंमा भएको छलफल कार्यक्रममा बोल्दै नेता महरले यस्तो बताएका हुन् ।
चीन नेपालको असल छिमेकी भएको उल्लेख गर्दै उनले नेपालको सहमति बिना सन् २०१५ मा चीन र भारतले त्रिदेशीय नाका लिपूभज्याङ मार्गबाट दुई देशीय व्यापार सम्झौता गरेको घटना र चीनले अहिले प्रकाशन गरेको नक्सामा चुच्चे भाग नराख्नुले चीनसँग नेपालको सीमा समस्या रहेको कुरा स्वयम चीनको व्यवहारबाट प्रष्ट उनले उनले बताए ।
नेता महरले भूगोलको र जनसंख्याको हिसावले कुनै मुलुक सानो र ठूलो भए पनि सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबै देशको समान हुने भएकोले एक छिमेकीले अर्को छिमेकीको सम्मान गर्न सक्नु पर्ने बताए ।
ऐतिहासिक तथ्यले समेत नेपाल र नेपाली जनताले कसैको बिराउने काम गरेको छैन भन्ने कुरा प्रष्टै छ भन्दै उनले भने, ‘नेपालको सार्वभौम संसदले पास गरेको चुच्चे नक्सा चीनले आफ्नो नक्शामा समावेश नगरेको घटनाले नेपालीको चित्त दुखेको र यथाशक्य छिटो कुटनीतिक वार्ता गर्न र चुच्चे भुभाग सहितको नक्सा प्रकाशनका लागि चीनलाई सहमत गराउन सरकारले तत्परता देखाउनु पर्ने महरको भनाई थियो ।
Discussion about this post