विराटनगर । विराटनगरमा बर्गर हाउसको शाखा सञ्चालनमा आउने भएको छ ।
विराटनगर ४ स्थित एयरपोर्ट मोडमा ७० लाख रुपैयाँ लागतमा सञ्चालनमा आउन लागेको बर्गर हाउसले पिज्जा, बर्गरका साथै थकाली खाना र सेकुवा समेत उपलब्ध गराउने सञ्चालक राजकुमार तामाङले बताए ।
द बर्गर हाउस एन क्रन्ची फ्राइ चिकन काठमाडौंको १४८औ शाखाको रुपमा विराटनगरमा शाखा खुल्न लागेको हो ।
१६ जना कर्मचारीहरु सहित २ तल्लामा उक्त शाखा सञ्चालनमा आउन लागेको तामाङले बताए ।
तामाङले यसअघि इटहरी र उर्लाबारीमा समेत बर्गर हाउस सञ्चालनमा ल्याएका थिए ।
Discussion about this post