इलाम । दिवंगत अधिकारकर्मी नवराज शङ्करको स्मृतिमा आयोजित कार्यक्रममा पत्रकार सविता पाण्डेलाई सम्मान गरिएको छ ।
स्मृति युवा प्रतिभा सम्मानबाट नेपाल प्रेस युनियन इलामकी अध्यक्ष पाण्डेलाई सम्मान गरिएको हो ।
इलाम सदरमुकाममा रही पत्रकारिता गरिरहेकी इलामबाट रेडियो नेपालमा आवद्ध छिन् ।
पाण्डेलाई जिल्ला समन्वय समितिका सभापति, इलाम नगरपालिका ७ र ५ का वडाध्यक्ष साथै प्रतिष्ठानकी अध्यक्ष विजु लकान्द्रीले सम्मान पत्र दोसल्ला र नगद सहित सम्मान गरेका हुन् ।
यसैबीच, नवराज शङ्करको स्मृतिमा नौमती बाजा समूह इलाम नगरपालिका ५, ओख्रेलाई बाजा समेत हस्तान्तरण गरिएको छ ।
नवराज शङ्कर प्रतिष्ठान अध्यक्ष लकान्द्रीको अध्यक्षता, जिसस इलाम सभापतिको प्रमुख आतिथ्यता कार्यक्रममा इनपा ७ का वडाध्यक्ष नरेश श्रेष्ठ र ५ का वडाध्यक्ष काजिबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विप्लव भट्टराईले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाकार देवेन्द्र शङ्करले नवराज शङ्करको बारेमा चर्चा गरेका थिए ।
अधिकारकर्मी र राजनीतिसँगै विभिन्न सामाजिक काममा सक्रिय रहेका नवराजको कोरोना संक्रमणका कारण निधन भएको थियो । उनैको स्मृतिमा प्रतिष्ठानले स्मृति युवा प्रतिभा सम्मान कार्यक्रम गरेको हो ।
Discussion about this post