काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याटर कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन् । एसिया कप अन्तर्गत अहिले श्रीलंकाको क्यान्डीमा भइरहेको खेलमा ६ रन बनाएपछि उनले ४६औं खेलमा एक हजार रन पूरा गरेका हुन् ।
उनले सन् २०२१ सेप्टेम्बरमा पपुवा न्यूगिनीविरुद्ध ओडीआईमा डेब्यु गरेका थिए । ओडीआईमा एक शतक र ६ अर्धशतक प्रहार गरेका छन् ।
कुशल नेपालका लागि एक हजार ओडीआई रन बनाउने तेस्रो खेलाडी बनेका छन् ।
यसअघि कप्तान रोहित कुमार पौडेल र आसिफ शेखले एक हजार रन पूरा गरिसकेका छन् । रोहितले ५३ खेलमा १ हजार ४६९ रन बनाएका छन् ।
Discussion about this post