विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा बिहिबार सम्पन्न भएको छ ।
तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सवा ३ बजे सुरु भएको रथयात्रा नगरका केही भाग परिक्रमा गरी पुनः मन्दिर पुर्याइएको थियो ।
रथयात्राका क्रममा हजारौं श्रद्धालु भक्तजन सहभागी भएका थिए ।
यस अवसरमा कोशी प्रदेशका साथै मधेश र अन्य क्षेत्रबाट पनि श्रद्धालुहरु भेला भएका थिए ।
भारतीय सीमावर्ती क्षेत्रबाट पनि ठूलो संख्यामा भक्तजनहरुको सहभागिता थियो ।
रथयात्रालाई व्यवस्थित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको थियो ।
रथयात्राका क्रममा विभिन्न समुदायका सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको थियो ।
Discussion about this post