केराबारीमा परापूर्वकाल देखि लाग्दै आएको मच्छिन्द्र मेलालाई निरन्तरता दिदैं मच्छिन्द्र मेला, कृषि,पर्यटन तथा व्यापार महोत्सव २०७९ आयोजना हुने भएको छ ।
केराबारीको खदम खोलामा आधा सताब्दी अगाडी देखि ऐतिहाँसिक रुपमा मछिन्द्र मेला लाग्दै आएको थियो । सो ऐतिहाँसिक मेलालाई निरन्तरता दिंदै नयाँ सँस्करणको रुपमा व्यापार प्रबन्ध समितिले महोत्सवको आयोजना गरेको हो ।
केराबारी ब्यापार प्रवन्ध समितिले आईतवार समितिको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि पुुस १३ देखि १९ गते सम्म महोत्सव हुने जानकारी दिएको हो । ऐतियहाँसिक,धार्मिक,साँस्कृतिक मच्छिन्द्र मेलाको पहिचान,कृषि र आन्तरिक पर्यटन हाम्रो अभियान भन्ने मुल नाराका साथ आयोजना हुन लागेको हो ।
यस क्षेत्रलाई ब्यापारिक कृषि तथा पर्यटकीय क्षेत्रको बिकास गर्ने,ग्रामिण बजारको बिस्तार सँगै यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुको बिस्तार र प्रर्बद्धन गर्ने,लोप हुन लागेका लोक कला संस्कृति र साहित्यको जर्गेना गर्ने उद्धेश्य रहेको आयोजक समितिका अध्यक्ष किशन शाहीले बताए । पर्यटकीय तथा धार्मिक क्षेत्रहरुको संरक्षण र बिस्तारमा टेवा पुर्याउने,आन्तरिक पर्यटनको बिकास सँगै कृषि उपज बस्तु तथा सामाग्रीहरुको बिक्री बितरण सहितको प्रर्बद्धन गर्ने लगायतका उद्धेश्यहरु रहेको छ । महोत्सवबाट आम्दानीले केराबारी बजारको प्रवेशद्धार निर्माण गर्ने जनाएको छ ।
महोत्सवमा करिब एक सय ओटा स्टल रहने छ । मेलालाई व्यवस्थित बनाउन मेला स्थलमा पार्किंंग संगै मेलास्थलमा सिसि क्यामेराको निगरानी समेत गरिने भएको छ ।
मेलामा नेपालका चर्चित गायक तथा गायिकाहरु राजेश पायल राई, प्रमोद खरेल, एलिना चौहान, लाहुरे, प्रविशा अधिकारी लगायतका विभिन्न कलाकारहरुका साथ स्थानीय कलाकारहरुले प्रस्तुती रहने छ । मेलामा रोहटेपिंग झुल्ला, वाल बालिकाहरुको खेल तमासा, नौका झुल्ला राखिने समितिका महासचिव टेकबहादुर कार्कीले जनाईएको छ ।
केराबारी ८ स्थित प्रस्तावित केराबारी रंगशालामा सञ्चालन हुने मेलामा ५० हजार बढीले अबलोकन गर्ने र अनुमानित ५० लाख बराबरको कारोबार हुने ५ लाख आम्दानी गर्ने आयोजकको भनाई छ । महोत्सवका अबसरमा पालिकास्तरीय फुटबल प्रतियोगिता समेत आयोजना गरिएको छ । महोत्सवको मिडिया पार्टनरको रुपमा उज्यालो प्रदेश डटकम रहेको छ ।
Discussion about this post