झापा । झापाको कमल गाउँपालिका ३ स्थित भित्री सहडक खण्डमा आज भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले दिएको जानकारी अनुसार कमल गाउँपालिका – ३ बोहोरा टोलमा भएको दुर्घटनामा परी सोही ठाउँ निवासी ३० वर्षीय बीरेन्द्र सहनीको मृत्यु भएको हो ।
दक्षिणबाट उत्तर तर्फ आइरहेको मे ११ प ९२०३ नम्वरको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको मे २ प ५९२३ नम्वरको मोटरसाइकल आपसमा ठक्कर खाँदा मे २ प ५९२३ नम्वरका मोटरसाइकल चालक सहनीको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post