काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुने बताएका छन् ।
आइतबार चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलको छलफल छलफलमा उनले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुने भन्दै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताएका हुन् ।
‘यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो । यहाँ तपाईंले जुन सुझावहरू दिनुभएको छ । प्राप्त सुझावहरू महत्वपूर्ण छन्’ प्रधानमन्त्री दाहालले भने, ‘यसले मेरो भ्रमण प्रभावकारी बनाउन सहयोग पुग्नेछ । भ्रमण फलदायी र प्रभावकारी हुनेछ ।’
सरकारले दुबै छिमेकीका साथै विश्व समुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्टाउँदै प्रधानमन्त्रीले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताए ।
संयुक्त राष्ट्रसंघको महासभामा नेपालले गरिरहेको विकास प्रयास, जलवायु परिवर्तन र त्यसले नेपालजस्ता मुलुकहरूलाई पारेको असर, शान्ति प्रक्रियाको विषयमा संयुक्त प्रयासका निम्ति अपील गर्ने प्रधानमन्त्री दाहालले जानकारी दिए ।
Discussion about this post