सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ ले इटहरीस्थित श्री जनता माविलाई सुनसरी जिल्लाकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालय छनौट गरेको छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ ले सुनसरीकै उत्कृष्ठ विद्यालयका रुपमा छनोट गरेको हो । यो सँगै विद्यालयले प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप १४ लाख ५० हजार रुपैयाँ पाउनेछ ।
प्रत्येक जिल्लाबाट उत्कृष्ट ब्यवस्थापन भएका १–१ वटा सफल सामुदायिक माध्यमिक विद्यालयलाई छनोट गर्ने क्रममा सुनसरीबाट जनता मावि छनोटमा परेको हो ।
जनता माविलाई २० प्रतिशत सम्म प्रोत्साहन कार्यक्रममा र बाँकी ८० प्रतिशत विद्यालयको प्रस्तावका आधारमा रकम दिने भएको व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले बताए ।
विद्यालयले आउँदो शैक्षिक सत्रदेखि आम सञ्चार, कानुन र सिभिल इञ्जिनियरको अध्यापन सुरु गर्ने तयारी गरिरहेको
Discussion about this post