काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको सांघातिक हमलाप्रति सरकारले गम्भीर रुपमा लिएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणमा जानुअघि संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले आक्रमणकारीलाई प्रचलित कानुन अनुसार कारबाही अघि बढाएको पनि जानकारी गराएका छन् ।
उनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार दृढ र प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।
कांग्रेस नेता यादवमाथि भदौ २० गते नुवाकोटका श्यामबहादुर सापकोटाले भृकुटीमण्डपमा खुकुरी प्रहार गरेका थिए ।
Discussion about this post