इलाम । इलाममा एकजनाको हत्या भएको छ । हत्या आरोपका छिमेकीलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाम नगरपालिका–९ का ५२ वर्षीय रविन भनिने रेशम राईको शव शरिरमा चोट लागेको अवस्थामा फेला परेको थियो ।
गायोडाँडा लामेदुहाली कुलोमा स्थानीयले रविनको शब फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।
शबको प्रकृति हेर्दा हत्या भएको प्रहरीको अनुमान छ ।
टाउकोमा गहिरो चोट लागेको तथा रगत बगिरहेको अवस्थामा रविनको शब फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले बताए ।
हत्यामा संलग्न भएको आशंकामा इलाम नगरपालिका वडा ९ बस्ने बर्ष २९ को पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रारम्भिक अनुसन्धानबाट पदमबहादुरले नै रविनको हत्या गरेको खुलेको र निजलाई कार्वाही गरी पाउँ भनि मृतकको छोरा दिपक भन्ने मनजय राईले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
पदमबहादुरलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
घटना शनिवार भएको हो । कुलोमा पानी लैजाने क्रममा दुईजनाबीच झगडा हुने गरेको स्थानीयको भनाई छ ।
Discussion about this post