काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभिटी) र नेपाल विद्यार्थी संघबीच ८० पालिकाका १२० जनालाई छात्रवृत्ति उपलब्ध गराउने सहमति भएको छ । परिषद्का तीनवटा आंगिक क्याम्पसमा पठनपाठन, खाना र आवास नि:शुल्क हुने गरी सीटीईभीटी र नेविसंघबीच सहमति भएको हो ।
विकट जिल्लाका ८० पालिकाका दलित, मुस्लिम, विपन्न र सीमान्तकृतलाई विशेष छात्रवृत्तिका उपलब्ध हुने भएको छ । छात्रवृत्ति डिप्लोमा इन फार्मेसी अध्ययन गर्नेले प्राप्त गर्नेछन् ।
परिषदबाट सञ्चालित परीक्षाको ट्रान्सक्रिप्ट प्रदेश कार्यलयबाट वितरणको व्यवस्था गरिने सहमति भएको छ ।
सहमतिमा परिषद्का तर्फबाट निर्देशक रामहरि देवकोटा, विनोद बडाल, टैलेन्द्र आचार्य र उप निर्देशक एकराज अधिकारीले हस्ताक्षर गरेका छन् । नेविसंघबाट परिषद् संयोजक सुशील खड्का, सहसंयोजक कर्णबहादुर ओली, उत्तम खड्का र नेविसंघ केन्द्रीय सदस्य युङ्जोर कार्कीले हस्ताक्षर गरेका छन् ।
Discussion about this post