काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।
हिजोबाट सुरु बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज ११ बजेबाट सुरु हुनेछ ।
पहिलो दिनको बैठकमा एक दर्जन नेताहरुले धारणा राखेका थिए ।
बैठकमा तीन वटा प्रस्ताव प्रस्तुत भएका छन् । नेता मीनबहादुर विश्वकर्माले महासमितिको बैठक मङ्सिर १३,१४ र १५ गते काठमाडौँमा गर्ने प्रस्ताव आएको पेस भएको बताए ।
अहिलेसम्म भए गरेका कामको समीक्षामा महामन्त्री गगनकुमार थापाले समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
बैठकमा हिजो कार्यवाहक प्रधानमन्त्री र पार्टीका उपसभापति पूर्णबहादुर खड्काले सरकारको गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Discussion about this post