इटहरी । १५ लाख ८७ हजार नक्कली नोटसहित इटहरीबाट दुईजना पक्राउ परेका छन् ।
इटहरी उपमहानगरपालिका ६ स्थित एक होटेलबाट नक्कली नोट सहित उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेकाको साथबाट १ हजार रुपैयाँका १६ बन्डल नोट फेला परेको छ ।
इटहरीमा व्यापक रुपमा नक्कली नोटको कारोबार भइरहेको भन्ने खबर प्राप्त भएपछि खानतलासी गर्ने क्रममा संखुवासभा घर अजय राई र विवेक राइलाई पक्राउ गरेको प्रहरीले निरीक्षक कैलाश चौधरीले बताए ।
पक्राउ परेकाहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीले बताए ।
सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मीले पछिल्लो समय बजारमा छ्यापछयाप्ती नक्कली नोट देखिएको सुन्नमा आएकाले त्यसबारे खोजी र अनुसन्धान भइरहेको बताए ।
Discussion about this post